नेपाली समाज लामो समयसम्म निरङकुश र एकतन्त्रीय शासन प्रणालीमा खुम्चिएर बसेको थियो । १०३ वर्षिय राणा शासन काल पछि ३० बर्षिय पञ्चायती शासन व्यवस्थामा केही खुकुलो भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा खासै परिवर्तन हुन सकेन । गाँउ-सहरका सीमित सङख्यामा रहेका साहु,महाजनको हातमा सम्पूर्ण अर्थतन्त्र सिमित थियो । २०४६ सालको राजनीतिक परिवर्तन पश्रात नयाँ शासन व्यवस्थाले जनतामा नयाँ जोश, जाँगर र उत्साह सिर्जना गर्यो । वि.सं. २०४८ मा सम्पन्न आम निर्वाचनबाट गठित संसदले साझा संस्था ऐन २०४१ खारेज गरी सहकारी ऐन २०४८ जारी गर्यो । नयाँ ऐन जारी गरेपछि देशव्यापी रुपमा सहकारी संस्था गठन र दर्ता गर्ने अभियान अगाडि बढ्यो ।
यस “बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड” श्री निर्मल कुमार डाँगीको पहलमा मिति २०६८/०६/२८ गते जेष्ट सदस्य श्री सोभाराम बुढाको अध्यक्षतामा पहिलो प्रारम्भिक भेला बसी सोहि दिन दोस्रो प्रारम्भिक भेलाले श्री निर्मल कुमार डाँगीको अध्यक्षतामा ७ सदस्य तदर्थ संन्चालक समिति र लिलाधर खड्काको अध्यक्षतामा ३ सदस्ययीय लेखा समिति गठन भयो । यस संस्थाको २५ सदस्य संस्थापक शेयर सदस्यको रुपमा सहकारी ऐन २०४८ बमोजिम मिति २०६८/०९/०१ गते डिभिजन सहकारी कार्यालय घोराहि,दाङमा दर्ता भएको थियो । मिति २०७८/०१/१५ गते लुम्बिनी प्रदेश सहकारी ऐन २०७६ को दफा २५ अनुसार पुर्नलेखित भई यसको कार्यक्षेत्र दाङ जिल्ला भर र सेवाकेन्द्र दाङ जिल्लाको क्रमशः राप्ति गाँउपालिका वडा नं.२, लमहि नगरपालिका वडा नं.५,घोराहि उपमहानगरपालिका वडा नं. १५, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५, र बबई गाउँपालिका वडा नं. ४ मा स्विकृत गरेको थियो । मिति २०७८/०९/०८ गते लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालय दर्ता अधिकारीस्तरिय निर्णय अनुसार विनियममा कार्य क्षेत्र लुम्बिनी प्रदेशभर र सेवाकेन्द्र २४ वटा खोल्ने स्विकृत साथै संस्थाको केन्द्रिय कार्यालय तुलसीपुर उपमहानगरपालिका वडा नं.–५,‘ख’ लाईनमा ब्यबस्था गरेको छ ।
यस संस्थाको बचत तथा ऋण ,लघुवित्त बचत तथा ऋण, शेयर सदस्यहरुको सदस्य बिमा तथा कल्यान कोष र उत्पादन तथा ब्यबसायिक क्षेत्रमा कार्य गर्न “सबैका लागि एक : एकका लागि सबै”भन्ने सहकारीको आधारभूत मूल्य र मान्यतालाई आत्मसाथ गरेको छ । सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराउदै नियमित बचत गर्ने बानीको बिकास गरेर सदस्यहरुको सामाजिक तथा आर्थिक विकास र समृद्धि एवम् समुन्नत भबिष्य निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।
अतः यस संस्था विगत एक दशकको निरन्तर सेवा, सहकार्य र समन्वयसंगै प्राप्त ज्ञान र अनुभवका आधारमा आगामी दिनहरुमा लुम्बिनी प्रदेशमा नेतृन्वदायी एवम् जिम्मेवार संस्था हुने ”बाबा सहकारीको बृद्धि : शेयर सदस्यको सम्मान, स्वाभिमान र समृद्धि” लक्ष्य राखेको छ । मुलतः आर्थिक, नैतिक, सामाजिक रुपले स्वच्छ छवि र सकारात्मक सोच भएका शेयर सदस्यहरु मात्र बनाउने हाम्रो यस अभियान समग्र सदस्य तथा सहकारी क्षेत्रको उन्नति, प्रगति र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।